एमाले दैलेख अधिवेशनको नयाँ मिति तय – Nepal Press

एमाले दैलेख अधिवेशनको नयाँ मिति तय

सुर्खेत । विवादका कारण स्थगित भएको नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन चैत १-२ मा सञ्चालन हुने भएको छ ।

एमाले दैलेखको आज बसेको बैठकले सो निर्णय गरेको एमाले आठबीस नगर अध्यक्ष अम्मर माझीले जानकारी दिए ।

गत पुस २३ गते अधिवेशनमा केही मत फर्जी भेटिएपछि विवाद भएको थियो । विवादसँगै सबै निर्वाचन प्रक्रिया खारेज भइसकेको छ ।

दैलेखमा जिल्ला अध्यक्षका लागि यसअघि रविन्द्रराज शर्मा र सूर्य शाहीबीच प्रतिस्पर्धा भएको थियो । मतगणनाको क्रममा मतदाता संख्याभन्दा बढी मत भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर