राष्ट्रपतिद्वारा ‘नो लङगर अनटेबल’ सार्वजनिक – Nepal Press

राष्ट्रपतिद्वारा ‘नो लङगर अनटेबल’ सार्वजनिक

काठमाडौं । अमेरिकी लेखक सारा डेभिल्सन ट्रेसीले लेखेको किताब ‘नो लङगर अनटेबल’ राष्ट्रपती विद्यादेवी भण्डारीले सार्वजनिक गरेकी छन् ।

बादी समुदायका पाँच महिलाहरुको कथा समेटीएको उक्त पुस्तकको अंग्रेजी प्रकाशन राष्ट्रपती भवन सितल निवासमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

समारोहमा बोल्दै राष्ट्रपती भण्डारीले मानव बेचबिखान संसारकै साझा समस्या भएको छ । नेपालमा पनि यो व्याप्त रहेकाले समस्या समाधान गर्न सरकार र संघ संस्थाले एक साथ काम गर्न पर्ने कुरामा जोड दिइन् ।

पुस्तक सार्वजनिक कार्यक्रमका लागी नेपाल आएकी लेखक ट्रेसीले मानव बेचबिखान हिरोइजम र आशामा आधारीत रहेको किताब विश्वभर बिक्री गर्ने ऐमजनमा बेस्ट सेलिङ पुस्तकको सुचीमा रहेको बताइन् ।

साथै उनले नेपालका राष्ट्रपती समक्ष पुस्तक र समस्याबारे जानकारी दिन पाउँदा समस्या समाधानमा सरकार क्रियासिल हुने आशा व्यक्त गरेकी छन् ।

पश्चिम नेपालका विभिन्न जिल्लाबाट भारतमा बेचीएका र उद्दार भइै पुनःस्थापीत ५ महिलाको कथा समस्या समाधानका लागी मार्ग बन्ने साराको भनाई छ ।

पुस्तकमा कबिता बादी, देबीसारा हन्ना बादी, सरिता परियार, रुथ बादी र सुकमाया बादीको कथाहरु समेटिएको छ ।

पुस्तकमा समावेश गरीएकी एक पात्र देबीसरा हन्ना बादीले आफुले आँखै अगाडी देखेका र भोगेका दिनहरु पुस्तकका रुपमा आफ्ना अगाडी आउँदा खुसी लागेको बताइन् । साथै उनले एक पुरीया बिस्कुटमा आफ्नो शरीर बेचीरहेका दिदीबहिनीको पुनस्थापनामा सरकारलाई झकझकाइदिन राष्ट्रपती समक्ष अनुरोध समेत गरीन् ।

विगत १५ वर्ष देखि बादी महिलाहरुको उद्दार शिक्षा र पुनःस्थापनामा काम गरीरहेका राजु सुन्दासले हरेक दिन अझै पनि सयौँ नेपाली छोरीहरु नेपालबाट भारतका कोठीहरु र पछिल्लो समय मध्यपूर्वका देशहरुमा बेचीरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सो पुस्तक छिटै नेपालीमा भाषामा समेत आउने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर