माओवादीबाट जितेका रंगेलीका मेयर आज एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने – Nepal Press

माओवादीबाट जितेका रंगेलीका मेयर आज एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाको मेयर दीलिपकुमार अग्रवाल आज एमाले प्रवेश गर्दै छन् । मेयर अग्रवाललाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदैछन् ।

अग्रवालसँगै सयौं नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागेको मोरङ एमालेले जनाएको छ ।

एमाले प्रवेश गर्न लागेपछि हिजो माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो । माओवादीले उनलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिएका थिए ।

रंगेलीको मेयर निर्वाचित हुनुअघि अग्रवाल राजनीतिमा सक्रिय थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर