उद्योग वाणिज्य संघ रोल्पा अध्यक्षमा गठबन्धनका उम्मेदवार हराउँदै एमालेनिकट आचार्य विजयी – Nepal Press

उद्योग वाणिज्य संघ रोल्पा अध्यक्षमा गठबन्धनका उम्मेदवार हराउँदै एमालेनिकट आचार्य विजयी

आचार्य भन्छन्– सबै व्यवसायीको माया पाएर जितेको हुँ

रोल्पा । सत्ता गठबन्धन पक्षबाट उम्मेदवार भएका वसन्त सुवेदीलाई हराउँदै रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट आचार्यले वसन्त सुवेदीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् ।

चुनावमा सत्ता गठबन्धन भर्सेस एमाले भनेर प्रचार भए पनि अवस्था त्यस्तै भने नरहेको अध्यक्षमा निर्वाचित आचार्य बताउँछन् । आफू एमालेप्रति सामान्य आस्था राख्ने भए पनि व्यवसायी भएको र आफूलाई माओवादीका जिल्ला अध्यक्ष र कांग्रेसका जिल्ला उपसभापतिको सहयोग रहेको उनको भनाइ छ।

यद्यपि माओवादी, कांग्रेस, नेकपा एस लगायतका केहीले आफ्ना विरुद्ध प्रचार गरेको पनि उनको भनाइ छ। ‘सबैको माया पाएर तीन मतले जितेको छु, तर आफूलाई तीन हजार मतले जितेको जस्तो ठानेको छु,’ आचार्यले नेपाल प्रेससँग भने।

अध्यक्ष र केही सदस्यमा निर्वाचन भए पनि बहुमत पदाधिकारी भने यसअघि नै सर्वसम्मरुपमा निर्वाचित भएका थिए।

प्रथम उपाध्यक्षमा मिलन रोका, द्वितीय उपाध्यक्षमा गोपाल श्रेष्ठ, महासचिवमा कमल घर्ती र कोषाध्यक्ष प्रशान्त घर्ती सर्वम्मत निर्वाचित भएका थिए।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर