यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित) – Nepal Press

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडाैं । सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि गरिएको प्रतिवद्धता कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।

फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानज जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारले जनाएको हाे ।

शुक्रबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आवश्यक ससहजीकरणका लागि उच्चस्तरिय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि र्‍यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरिएको बताए ।

यस्तै सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् निर्णय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर