प्रधानमन्त्री देउवा र नेकपा महासचिव विप्लवविच भेटवार्ता – Nepal Press

प्रधानमन्त्री देउवा र नेकपा महासचिव विप्लवविच भेटवार्ता

तीन बुदेँ सहमति कार्यान्वयनमा विप्लवको जोड, विरोधका कार्यक्रम शान्तिपूर्ण बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुदेँ सहमति कार्यान्वयन गर्नुपर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पार्टीका महासचिव विप्लवसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग यस्तो माग गरेका हुन् ।

छलफलपछि नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुदेँ सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए । उनले नेपाल प्रेससँग भने, ‘माघ २९ गते हाम्रो पार्टी र सरकारविचमा छलफल भएको थियो । छलफलका क्रममा सरकारले आगामी तीन हप्ता भित्र तीन वुदेँ सहमति कार्यान्वनय गर्नका लागि प्रतिवेदन तयार गर्ने बताएको थियो । कार्यान्वयन प्रतिवेदन कहाँ पुग्यो भन्ने बिषयमा छलफल भयो ।’

प्रधानमन्त्री देउवाले ओली सरकारले कार्यान्वयन नगरेको तीन बुदेँ सहमति अहिलेको सरकारले पुरा गर्ने प्रतिवद्धता जनाएको प्रवक्ता प्रकाण्डले बताए । उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले जस्तै तीन बुदेँ सहमति कार्यान्वनय गर्छु मात्र भन्ने हो कि कार्यान्वयन पनि गर्ने हो भनेर हामीले प्रश्न गर्यो । उहाँले हाम्रो सरकारले तीन बुदेँ सहमति कार्यान्वनय गर्छ भन्नुभएको छ ।’

छलफलका क्रममा पार्टी महासचिवका विप्लवले प्रधानमन्त्री देउवासँग भने, ‘तीन बुदे सहमति कार्यान्वयनमा तिव्रता ल्याइदिन पर्यो प्रधानमन्त्री ज्यू ।’ प्रधानमन्त्री देउवाले भने सरकार नेकपासँग गरेको तीन वुदेँ सहमति कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘सरकार तीन वुदेँ सहमति कार्यान्वयन गर्न प्रतिवद्ध छ, तर तपाइहरुका विरोधका कार्यक्रम शान्तिपूर्ण गरिदिन पर्यो ।’

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र प्रसाद बडू, गृहसचिव टेकनारायण पाण्डे सहभागि थिए भने, नेकपाको तर्फबाट पार्टी महासचिव विप्लवसहित पार्टी प्रवक्ता ‘प्रकाण्ड’ पनि सहभागि भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर