रस्सा र युक्रेनबीच युद्ध छेडिनुको अर्को गुदी
रस्साले युक्रेनमाथि बमहान्न थालेको आज १४ दिन भयो । रस्सा र युक्रेनबीच द्वन्द्व शुरु भएको आज होइन । यो पुराना इबी हो । यो इबीको सुरुवात यसरी हुन्छ ।
गत १२ जुन २०१४ का दिन आस्तानामा युरेसियाको न्वारन भएको हो । यद्यपि यो २०१० सालमै रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको सक्रियतामा जन्मेको हो । यसको गठनकालमा चार मुलुकहरुको सदस्यता थियो । रस्सा, बेलारुस, काचास्थान र युक्रेन । यो संगठन खासगरि यी चार मुलुकहरुबीच स्वतन्त्र बन्द ब्यापार गर्ने उद्देश्यले परिकल्पना गरिएको हो ।
२०१४ को वर्ष रसियन राष्ट्रपति भ्लादिमिर पुतिनलाई साढेसाती दशाले घेरेको हुनु पर्छ । उनलाइ विन्टर ओलम्पिक सोचीबाट सुरु हुँदै सेवार्तोपोल, क्राइमेया सम्मको यात्रामा अनगिन्ति काँडाहरु बिझे । थुप्रै तगाराहरु भत्काउनु पर्यो उनले । तर पनि उनले आफ्नो यात्रामा विश्राम गरेनन् र २०१० सालमै उनले परिकल्पना गरेको युरेसियाको गति दिन आफ्ना छिमेकी मुलुकहरु बेलारुस र काचास्थानका राष्ट्रध्यक्षहरुलाई निम्त्याई सोभियत संघको भूमिमै यसको न्वारन गरे– ‘युरेसिया’ ।
तर यसको परिकल्पनाताकको जगको एउटा बलियो ईंट्टा भने अमेरीका र युरोपियन युनियनको दवाबका कारण बाहिरियो– ‘युक्रेन’ । यो संगठन विशुद्ध स्वतन्त्र अर्थतन्त्रको सरलीकरणकालागि भनिएको थियो । र यसको चरित्र हेर्दा ६० को दशकमा कोइलाको व्यापारका निम्ति भनि गरिएको युरोपियन संगठन गठनकालको जस्तो बुझिन्छ ।
रसियन राष्ट्रपति ल्भादिमिर पुतिनद्वारा यसप्रकारको संगठनको परिकल्पना गर्दा यसमा युक्रेन पनि सम्मिलित थियो । यो संगठनको परिकल्पनाकालदेखि नै अमेरिका र युरोपियन युनियनले आफ्नो प्रतिद्वन्द्वीका रुपमा हेरिरहेको थियो र यसको न्वारनअघि नै यसको मुन्टो निमठ्ने प्रयासस्वरुप युरेसियालाई कसरी छिन्नभिन्न पार्ने भन्नेमा अमेरिकी लबी भित्रका युरोपियन युनियनको एउटा पङ्ति सक्रिय थियो । त्यो पंतीको नेतृत्व जर्मनीले गरेको थियो ।
रस्सालाइ कमजोर नपारेसम्म युरेसिया छिन्नभिन्न हुँदैन भन्ने अमेरीका र युरोपियन युनियनले बुझेका थिए । अझ खासगरि रस्सा भन्दा पनि राष्ट्रपति पुतिन यसको बलियो खम्बा हुन् भन्ने कुरा अमेरीका र युरोपियनहरुको विश्वास रहेको थियो । त्यसैले २०१० सालमै युरोपियनहरुले अमेरिकासँग यसको विरुद्ध जान गुहार मागेका थिए ।
युरोपियनहरुले त्यसप्रकारको गुहार मागेपछि अमेरिका र रस्साबीचको तनाव अझ बढ्यो । अमेरिकाले भारत, चाइना र पूर्वी एसियासँग व्यापार बढाएर रुसलाई कमजोर बनाउने योजना तय गर्यो तर अमेरिकाको त्यो चालले युरेसियालाई त्यति प्रतिकुल प्रभाव पारेन । युरोपियन युनियनले पनि आफ्नो तर्फबाट युरेसिया फुटाउने हर प्रयत्न गरे ।
युरोपियनहरुको प्रयत्न बाबजुद पनि युरेसिया अगाडि बढ्दै गयो र जुलाइ २०११ देखि यी मुलुकहरुमा हुने बन्दब्यापारमा भन्सार छुट गर्ने निर्णय गरे । यो निर्णयले युरोपियन युनियनलाई झन् ठुलो पिडा दियो । युरेसिया फुटाउन थुप्रै राजनैतिक एवं आर्थिक दवाबहरु परे । तर अमेरिका र युरोपियन युनियनको कुटिल चाल भने सफल भएन ।
त्यसपछि यिनीहरुले युक्रेनी मुलको बक्सिङ खेलाडी भिटाली ल्किच्कोभलाई किन्न सफल भए । हाल उनी राजधानी किभको मेयर छन् । अनि भिटाली ल्किच्कोभमार्फत २०१२ को अन्ततिरदेखि पश्चिम युक्रेनमा पेट्रोल छर्कन थाले । सलाई कोर्ने मौका हेर्दै थिए । अनि नोभेम्बर २०१३ मा जर्मन चान्सलर अंगेला मेर्केलले युक्रेनको राजधानी किभमा आगो सल्काइन् । यसरी युरोपियन युनियन अमेरिकाको आडमा युरेसियाको जगको एउटा बलियो इटा युक्रेन भत्काउन सफल भयो ।
युक्रेनका तत्कालिन राष्ट्रपति भिक्टोर युसोहेन्कोले सर्बप्रथम युरेसियामा बस्ने भने पनि, यो कुरा खुलेपछि अमेरिकाले यिनलाई दवाब दिन थाले । उनलाई अमेरिका र युरोपियन युनियनले रस्सासँग सम्पर्क गर्न नदिन दवाब दिन थाले । उनी अमेरिकाको कठपुतली हुन चाहँदैनथे । उनको २०१४ सालमा ६२ बर्षको अल्पायुमै बिबादास्पद मृत्यु भयो ।
२०१० मा यसको परिकल्पना गर्दा यसका थुप्रै सकारात्मक पक्षहरु थिए । पुर्व योजनाअनुसार जुलाइ २०११ देखि रस्सा, बेलारुस र काचास्थानबीचको बन्द ब्यापारमा भन्सार छुट गरिएको छ । त्यसको एक बर्षपछि संयुक्त आर्थिक योजनाको विकास गरेका छन् । १ जनवरी २०१५ देखि यी तिन मुलुकमा तीनै मुलुकका मुद्रा संचालन गरिने र कामदारहरुका लागि भीसा र वर्क परमिट छुट गर्ने योजना तय गरेका हुन् । त्यसपछि यसको युरेसिया आर्थिक कमिसन भनि नामाकरण गरे । यो नाम राख्न नदिन वासिङगटन र ब्रसेल्सले नाटो समेतलाई प्रयोग गरेर विरुद्धमा उत्रिरहे ।
युरेसियाको घोषणापत्र र उनीहरुले तय गरेका कार्यक्रमहरु हेर्दा यो युरोपियन युनियनभन्दा नितान्त भिन्न छ । युरेसियाको घोषणापत्रमा कुनै राजनीतिक संकेत छैन । २०१४ मा युरेसियाभित्र रस्सामा मात्र तीन चौंथाइभन्दा बढी जनसंख्या थिए । अस्सी प्रतिशतभन्दा बढी अर्थतन्त्र रस्सामा मात्र रहेको छ । भूभागको हिसाबले पचासी प्रतिशत भूभाग रस्सामै रहेको छ ।
युरेसिया युरोपियन युनियनको प्रतिद्वन्द्वी किन पनि हुन सक्तैन भने वल्र्ड पपुलेसन रिपोर्टअनुसार युरोपियन युनियनभित्रका २८ मुलुकहरुमा गरी त्यतिबेला ५०५,७ मिलियन जनसंख्या बसोबास गर्दथे भने रस्सामा १४३,५ मिलियन, काचास्थानमा १७,५ मिलियन र बेलारुसमा ९,४ मिलियन गरी जम्माजम्मी १६०,४ मिलियन मात्र बसोबास रहेको थियो । त्यस्तै अर्थतन्त्रका हिसावले हेर्यौं भने पनि सम्पूर्ण युरोपियन युनियनको वार्षिक आम्दानी त्यतिबेला १७,३७१ त्रिलियन युएस डलर थियो भने रस्साले जम्माजम्मी बर्षमा २१०० त्रिलीयन डलर आफ्नो तराजुमा जम्मा गथ्र्यो ।
त्यस्तै काचास्थानले २२० त्रिलीयन र बेलारुसले ७२ त्रिलीयन । युरोपियन युनियनले युरेसियाको जगको एउटा इट्टा भत्काइदिदा ४५ मिलियन जनसंख्या कम हुन गएको थियो । जुन युरेसियाका लागि दोस्रो बलियो जग हुने थियो । यसको परिपूर्ती गर्न युरेसियाले अव आफ्ना पूर्व सोभियत युनियनबाट स्वतन्त्र भएका मुलुकहरु मात्र होइन कि आर्थिक शक्तिशाली मुलुकहरु जस्तै मंगोलिया, चाइना र रस्साका अन्य पूर्बी छिमेकी मुलुकहरुबीच बिस्तार गर्नु पर्ने थियो ।
युक्रेनका तत्कालिन राष्ट्रपति भिक्टोर युसोहेन्कोले सर्बप्रथम युरेसियामा बस्ने भने पनि, यो कुरा खुलेपछि अमेरिकाले यिनलाई दवाब दिन थाले । उनलाई अमेरिका र युरोपियन युनियनले रस्सासँग सम्पर्क गर्न नदिन दवाब दिन थाले । उनी अमेरिकाको कठपुतली हुन चाहँदैनथे । उनको २०१४ सालमा ६२ बर्षको अल्पायुमै बिबादास्पद मृत्यु भयो ।
उनको मृत्युपछि अमेरिका र युरोपियन युनियनले युक्रेन माथि अझबढी हाबी हुन थाले । उनको मृत्यु पछि निर्वाचित राष्ट्रपति पेट्रो पोरोसेन्कोमाथी पनि अमेरिका र युरोपियन युनियनको दवाब पर्नथाल्यो । यिनलाइ पनि रस्सासंग हर प्रकारका सम्बन्ध वा सम्पर्कमा आउन अघोषित प्रतिबन्ध लगाइयो । पेट्रो पोरोसेन्कोको त्यसप्रकारको रबैया देखेपछि रस्साले युक्रेनको क्रिममा २०१४ सालमा हमला गर्यो ।
क्रिममा भएको हमला पश्चात अमेरीकाले २०१४ मा नै रस्सा र युक्रेनबीच युद्ध गराउन चाहन्थ्यो तर त्यतिबेला रस्साका पुटिनले र युक्रेनका तत्कालिन राष्ट्रपति पेट्रो पोरोसेन्कोले पश्चिमेली सरकार र अमेरिकाको आलोचना सहने आँट गरेर चारतर्फी सम्झौता गरेर त्यतिबेला युद्ध टारेका हुन् । पुटिनले नेटो, युरोपियन युनियन र अमेरीकासंग एक प्रस्ताव राखे, त्यो के भने रस्सा र बेलारुसको सुरक्षाको कारण युक्रेनलाई नेटोको सदस्यता नदिई स्वतन्त्र र स्वाधिन राज्यको रुपमा रहन दिएमा हामीले युक्रेनलाई चलाउने छैनौं ।
युक्रेन बेलारुस र रुसको सुरक्षाको बिरुद्धमा प्रयोगमा आउन भएन भन्ने रुसको माग थियो । अनि २०१५ मा चौतर्फी सम्झौता भयो । सम्झौतामा लेखियो कि युक्रेनले नेटोको सदस्यताका लागि दर्खास्त दिने छैन र नेटोले पनि युक्रेनलाई स्वतन्त्र राज्यका रुपमा रहन दिनेछ र नेटो, युरोपियन युनियन र अमेरिकाले रुस र बेलारुसको सुरक्षामा कुनै आँच आउन दिने छैन भनि सम्झौता गरेका थिए ।
यो सम्झौतापछि रुसले युक्रेनलाई कुनै किसिमको धक्का दिएको थिएन । २०१९ मा युक्रेनमा भएको राष्ट्रपतिको निर्वाचनमा अमेरिकी लबीले पेट्रो पोरोसेन्कोलाई हराइ अमेरिकी लबीका कमेडियन अर्थात हास्यकलाकार कतिपय फिल्ममा भिलेन त कतिपय फिल्ममा हिरोको रुपमा खेल्ने कलाकार भोलोडिमेर जेलेन्सकीलाइ जुरुक्क उठाएर राष्ट्रपतिको पदमा चुनाव जिताए ।
भोलोडिमेर जेलेन्सकीले रस्सा र युरोपियन युनियन दुई छिमेकीसंग समान व्यबहार गर्ने नितीतिर नलागी अमेरिकाको कठपुतली बने । यो कुरा रस्सालाइ सह्य थिएन । यसै त युरेसियाको कारणले पनि चुर भएका पुटिनले मौका खोजीरहेका थिए । युक्रेनले यसपाली नेटोको सदस्यकोलागि हालेको दर्खास्त पर्फेक्ट कारण बन्यो ।
युक्रेनका राष्ट्रपतिले अमेरिकाको दबाबमा युक्रेनले नेटोसँग सदस्यताको निम्ती दरखास्त हाल्यो । युक्रेन नेटोको सदस्य राष्ट्र् भएपछि मात्र अमेरिका खुल्लारुपमा युक्रेनभित्र पस्न सक्थ्यो र नेटोलाई पनि अमेरिकाले सदस्यता दिने निर्णय गराउन दवाव दिन थाल्यो । अमेरिकाको युक्रेनभित्र पस्ने यो योजना थाहा पाएको रुसले बेलारुसको सिमा हुदै युक्रेनको सिमामा आफ्ना सैनिक तैनाथ गर्यो र भन्यो । युक्रेनलाई नेटोको सदस्यता नदेउ र हामीबीच भएको चौतर्फी सम्झौताको पालना गर । युरोपियन युनियन यो कुरामा लचिलो थियो । तर अमेरिका, नेटो र उक्रेनले मानेनन् । युक्रेनले मान्नु वा नमान्नुको कुनै अर्थ थिएन ।
अर्थ त के थियो भने युक्रेन त मदारीले नचाउने बाँदरजस्तो भैसकेको थियो । यही बुझेर शुरुशुरुमा जर्ममनी र फ्रान्सले युक्रेनलाई यो युद्धका निम्ति प्रयोग गर्न हाहतियार नदिने निर्णयसम्म गरे । तर १४ दिन पहिले रस्साले युक्रेनमाथि आक्रमण गरेपछि सिमा क्षेत्रमा भएको आक्रमण हेरिरहन नसक्ने भएर उनीहरुको निर्णय बदल्न बाध्य भएका छन् ता पनि युक्रेनमाथि हवाइ उडान बन्द गराउने अमेरिकी र युक्रेनको माग भने युरोपेली युनियन र नेटोले पनि मानिरहेको छैन । यही कुराको दवाव दिन युक्रेनी राष्ट्रपति जेलेन्की अमेरिकाको संसदमा बोल्ने योजना बुनेका हुन् ।
फ्रान्सका राष्ट्रपति माकरोन र जर्मन चान्सलर सोल्सले भेटेर र टेलिफोनमा पटक पटक पुटिनसंग कुरा गरे र पुटीनलाई युद्ध नगर्न आग्रह गरे । जवाफमा पुटिनले मलाइ युद्ध गर्न कुनै रहर छैन, तर नेटो र अमेरिका हाम्रो सुरक्षामा घातक बन्छ भने हामी हाम्रो राष्ट्रियता र हाम्रो स्वाधिनताको रक्षाका निम्ति त्यसको प्रतिबाद हामीले गर्नै पर्छ भनेको समाचारका आएको हो ।
अमेरिकाको चाहना खासमा के हो भने जसरी हुन्छ युरोपलाई कमजोर बनाउने र आफु संसारको सर्बसत्ताबादी बन्ने हो । त्यसैले उसले थुप्रै मुलुकहरुमा झुटको खेती गरेर विश्व तहसनहस पारिरहेको छ । झुटको खेती गरेरै इराकलाई खतम गर्यो, राष्ट्रप्रमुख सद्दाम हुसेनलाई झुन्ड्यायो । लिवियामा अमेरीकाकै उक्साहटबाट फ्रान्सेली सेनाले लिबियाइ राष्ट्रपति मार्यो । अमेरीकाकै उक्साहटबाट साउदी अरबले यमनलाई त्यसै गरिरहेको छ ।
अमेरिका र रुसको उपस्थितिले कुनै जमानाको एक बहुतै सुसँस्कृत र शक्तिशाली देश सिरीयालाई उठ्नै नसक्ने गरी खत्तम पारे । हाम्रो आफ्नै दैलोको अफगानिस्तानलाई यहाँको खानी देखेर ध्वस्त पारे अहिले तेल र ग्यासको ब्यापारमा एकाधिकार जमाउन कुनै पनि हालतमा सम्पुर्ण युरोप र रस्साबिरुद्ध युद्ध गराएपछि यी स्वतः कमजोर हुने भए । समग्रमा हेर्दा यो युद्ध रस्सा र युक्रेन बीच भएको देखिए पनि यो युद्ध अमेरिकाले समग्र बिश्व बिरुद्ध युद्ध गरिरहेको छ र उ संसारभरका खानी चाहे तेल, ग्यास वा अन्य धातुका खानी होस् सबै आफ्नो कब्जामा लिन चाहन्छ ।
Critically analysed