आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्तफाले जसपा त्यागे, एमालेमा प्रवेश गराउन ओली बारा जाँदै – Nepal Press

आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्तफाले जसपा त्यागे, एमालेमा प्रवेश गराउन ओली बारा जाँदै

बारा । बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष समेत रहेका जनता समाजवादी पार्टीका नेता मुस्तफा अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । अन्सारीलाई पार्टी प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं अहिले बारा पुग्दैछन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा २७८२ मतका साथ तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्ष निर्वाचित भएका अन्सारी जसपाका प्रभावशाली नेता हुन् । उनी वडाध्यक्ष र आफू निकट कार्यकर्ताहरुसहित एमालेमा प्रवेश गर्न लागेका हुन् ।

एमाले जिल्ला अध्यक्ष विनोद साहका अनुसार आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष अंसारी सहित अन्य निर्वाचित जनप्रतिनिधि, सिम्रौनगढ, पचरौता, कलैया लगायतका पालिकाहरुबाट करिब १५ सय जना एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।

सोही कार्यक्रममा कलैया उपमहानगरपालिकामा लोसपाबाट निर्वाचित एकमात्र वडाध्यक्ष समेत एमालेमा प्रवेश गर्न लागेका छन् । वडा नम्बर ९ का अध्यक्ष डाअख्तर मंसुर एमालेमा प्रवेश गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर