वडाध्यक्ष र समर्थकसहित वीरगञ्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश (तस्बिरहरु) – Nepal Press

वडाध्यक्ष र समर्थकसहित वीरगञ्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश (तस्बिरहरु)

वीरगन्ज । बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्षसहित जसपा नेताहरुलाई एमाले प्रवेश गराउन वीरगन्ज पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरप्राइज दिँदै वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेमा स्वागत गरेका छन् ।

एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका ओली त्यस लगत्तै सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा सहभागी भएका थिए ।

जसपाबाट निर्वाचित वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले एमाले प्रवेशका लागि वार्ता गरिहेका थिए ।

सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा एमालेका मधेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतका नेता सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् ।

शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा ठूलो जसहभागितासहित सरावगी एमाले प्रवेश गरेका हुन् ।

तस्बिरहरु : राजन काफ्ले


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर