माधव नेपालको दावी- पाँच दल मिलेर सबै ठाउँमा जित्छौं, केपी ओलीको पार्टीलाई धुलोपिठो पार्छौं (भिडिओ) – Nepal Press

माधव नेपालको दावी- पाँच दल मिलेर सबै ठाउँमा जित्छौं, केपी ओलीको पार्टीलाई धुलोपिठो पार्छौं (भिडिओ)

धादिङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दल मिलेर चुनावमा गएपछि एमालेलाई धुलोपिठो बनाइने दावी गरेका छन् ।

धादिङको गल्छी गाउँपालिकामा आयोजित नेकपा एसको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको भविष्य अन्धकार रहेको बताए ।

नेपालले भने- अहिले नेपाली कांग्रेस,माओवादी र जसपाले हामीसँग भनिरहेका छन्,राजमोले पनि भनिरहेको छ, हामी मिलेर जाऔं । हामी मिलेर गयौं भने सबै ठाउँ जित्नेछौं,केपी ओलीको पार्टी धुलोपिठो हुनेछ । त्यो पार्टीको भविष्य खत्तम छ ।

नेपालले स्थानीय तहमा तालमेल गर्दा एउटा पार्टीले प्रमुख, अर्कोले उपप्रमुख, एउटा वडाध्यक्ष र अर्कोले सदस्य लिएर गठबन्धन गर्न सकिने बताए ।

उनले एउटा वडामा एउटा पार्टीले अध्यक्ष पाउँदा अर्कोले अर्कोमा पाउने बताए । उनले नेकपा एस एक्लै जित्ने ठाउँमा एक्लै पनि चुनाव लड्ने कार्यकर्तालाई जानकारी दिए ।


प्रतिक्रिया

One thought on “माधव नेपालको दावी- पाँच दल मिलेर सबै ठाउँमा जित्छौं, केपी ओलीको पार्टीलाई धुलोपिठो पार्छौं (भिडिओ)

  1. तिम्राे गडफादर भारतले त्याहाँका जनतालाई भाेट हाल्न पठाए त हाे । नेपाली जनताले भए त तिमीजस्ता दलालहरूलाई धूलाेपिठाे बनाउनेवाला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर