वीरगञ्जका मेयर सरावगीसँगै जनप्रतिनिधि को-को प्रवेश गरे एमालेमा ? – Nepal Press

वीरगञ्जका मेयर सरावगीसँगै जनप्रतिनिधि को-को प्रवेश गरे एमालेमा ?

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेशका लागि शीर्ष नेताहरुसँग वार्तामा छन् भन्ने समाचार आए पनि प्रवेशको मिति तोकिएको थिएन ।

शनिबार बारातर्फ लागेका अध्यक्ष केपी शर्मा ओली अचानक पर्साको पर्सौनी विर्तामा पुगे, जहाँ सरावगीसहित उनको टिमलाई एमाले प्रवेश गराउने कार्यक्रम अकस्मात राखिएको थियो ।

मेयर सरावगीसँगै दुईजना वडाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य र केही वडा सदस्य तथा नगर कार्यपालिका सदस्यहरु एमाले प्रवेश गरेका छन् । शनिबार सरावगीसँगै एमाले प्रवेश गर्नेमा वडा नम्बर १४ का वडाध्यक्ष भर कुर्मी,२५ का बृजलाल पटेल र जिल्ला समन्वय समितिका सदस्य आमोद यादवसहितका जनप्रतिनिधिहरु रहेका छन् ।

अचानक कार्यक्रम तय भएकाले अन्य वडाध्यक्ष र नेताहरु प्रवेश गर्न नपाएको भन्दै मेयर सरावगीले चाँडै अर्को कार्यक्रम आयोजना हुने बताए । उनले जसपाले जातीय राजनीति त्याग्न नसकेको र केपी ओलीको नेतृत्वमा मात्र समृद्धिको यात्रा सफल हुने देखिएपछि आफू अन्तिममा एमाले प्रवेश गरेको बताए ।

उनले आफू कांग्रेस प्रवेश गर्ने कि भन्ने सोचमा रहे पनि त्यहाँ अन्तर्घातको खेल हुने भएकाले एमाले नेता तथा पूर्वमन्त्री मोति दुगडले आफूलाईबीच बाटोबाटै एमालेमा लगेको बताए ।


प्रतिक्रिया

One thought on “वीरगञ्जका मेयर सरावगीसँगै जनप्रतिनिधि को-को प्रवेश गरे एमालेमा ?

  1. यसरी नेता तथा कार्याकर्ताले एमाले प्रवेसले त अबको सत्ता एमाले मय हुने जस्तो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर