राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको छ : पोखरेल (भिडिओ) – Nepal Press

राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको छ : पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै उनले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए ।

पोखरलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बताए ।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा जुन खालका समस्याहरु देखा परेका छन्, यो राष्ट्रिय राजनीति नेशनल पोलिटिक्सको दुई वटा पोलमा परिणत भएको छ । एउटा पोलको लिड नेकपा एमालेले गरेको छ । त्यसले निश्चित एजेण्डाहरु, पोलिटिकल्स स्टाब्लिटीको कुरा, आर्थिक विकास र समृद्धिको कुरा, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा, सामाजिक सद्भावको कुरादेश बनाउने सपनाहरुलाई जागृत गर्ने कुरा गरेको छ । नेकपा एमलेले । यो पार्टी प्रचारका लागि होइन, यथार्थ हो । अर्को पोल गठबन्धनको पोल छ । आज राजनीतिभित्र जस्तो खालको विकृति, विसंगति देखा परेको छ । राजनीति क्षेत्रमा देखिएका विकृति, विसंगतिमाथि सबैले खबरदारी गर्नुपर्ने देखिएको छ । राजनीति बिग्रियो भने सबै कुरा बिग्रिन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर