समाज डेण्टलको छैठौ शाखा बसुन्धारामा
काठमाडौ । तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौं शाखा काठमाडौको बसुन्धारमा शनिबारदेखि सेवा सुरु गरेको छ ।
समाज डेण्टल हस्पिटलले यस अघि पाँचवटा शाखा मार्फत देवा दिइरहेको छ ।
बसुन्धारा शाखाको काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीले शनिबार उद्घाटन गरे ।
समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरेले छैठौं शाखा मार्फत बसुन्धरा क्षेत्रमा सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।
शुलभ सेवा शुल्कमा गुणस्तरिय दन्तसेवा दिने उदेश्यका सात नयाँ शाखा विस्तार गरिएको र दक्ष र अनुभवि चिकित्सको टिमबाट यस क्षेत्रमा बासिन्दाले गुणस्तरिय दन्त सेवा पाउने घिमिरेको भनाइ थियो ।
बसुन्धरामा सेवा सुरू भएको अवसरमा पहिलो महिना भर सबै दन्त सेवामा २० प्रतिशत छुटको सुविधामा दिएको समाज डेण्टल हस्पिटलका निर्देशक सविन घिमिरेले जानकारी दिएका छन् । छुट सुविधाले सेवाग्रहीलाइ थप लाभा पुग्ने घिमिरेको विश्वास छ ।
समाज डेण्टल हस्पिटलले तिन दशकदेखी दात तथा मुखसम्बन्धी रोगको उपचार गर्दै आएको छ ।
काठमाडौंको नयाँ बानेश्वरबाट सुरू भएको समाज डेण्टलले बसुन्धारसिहत छ वटा शाखा मार्फत सेवा दिइरहेको छ ।
काठमाण्डौंको नयाँ बानेश्वर, जावलाखेल, गंगबु वीपी अस्पताल र भक्तपुरको राधेराधेमा यस अघिनै समाज डेण्टलले सेवा दिइरहेको छ ।