जनमत पार्टीका कार्यकर्ताले देखाए गृहमन्त्रीलाई कालोझण्डा – Nepal Press

जनमत पार्टीका कार्यकर्ताले देखाए गृहमन्त्रीलाई कालोझण्डा

रूपन्देही । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले गृह जिल्ला रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई कालो झण्डा देखाएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका–३ स्थित धकधईमा शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा गृहमन्त्री खाँणलाई कालोझण्डा देखाइएको हो ।

पार्टीले उठाउँदै आएका किसानको माग सरकारले सम्बोधन नगरेकाले गृहमन्त्रीलाई धकधईमा कालोझण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर