बराबरीमा रोकियो बायर्न – Nepal Press

बराबरीमा रोकियो बायर्न

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिख होफेनहाइमसँग १-१ अन्तरको बराबरीमा रोकिएको छ ।

घरेलु टोलीका क्रिस्टोफ बउम्गार्थेरले गोल गर्दै ३२औं मिनेटमा होफेनहाइमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।

बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै बायर्नले २६ खेलमा ६० अंक जोडेर शीर्ष स्थानमा कायम छ । होफेनहाइम ४४ अंक साथ पाँचौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *