कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजकद्वारा राजीनामा
नेपाल प्रेस
२०७८ फागुन २९ गते १२:५५
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
आसन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका कारण वरिष्ठ अधिवक्ता घिमिरेले निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले विज्ञप्ति जारी गर्दै घिमिरेले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर