एमालेको संसद अवरोधमा भीम रावलको अवज्ञा, सभामुखसँग समय मागेर प्रक्रियामा सहभागी – Nepal Press

एमालेको संसद अवरोधमा भीम रावलको अवज्ञा, सभामुखसँग समय मागेर प्रक्रियामा सहभागी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकैबीच एमाले सांसद डा. भीम रावलले भने सभामुखसँग समय लिएर सदनको कारवाहीमा भाग लिएका छन् ।

आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेपनि रावलले भने हात उठाएर बोल्न समय मागेका थिए । सभामुखले ५ मिनेटको समय दिएपछि रावलले महाकाली पारी नेपाली भूमीमा भारतीय पक्षले डोजर लगाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘महाकाली पारी नेपाली भूमिलाई समस्यामा पार्नेगरी भारतले डोजर लगाएको छ । यसमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले संसदमाफर्त जनतालाई जानकारी गराउनुपर्यो । राष्ट्रियताको विषयमा सरकार गम्भीर हुन नसक्दा हामीलाई हाम्रो सरकारप्रति लज्जाबोध भइरहेको छ’, रावलले भने । उनले एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानहरु संशोधन नगरि पारित गरिएको भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि प्रश्न उठेको आरोप समेत लगाए । उनले आफूले उठान गरेका विषयहरुमा संसदमा आएर जवाफ दिन सरकारलाई निर्देशन दिन मागसमेत गरेका छन् ।

रावलले आफ्नै पार्टीको नीतिविपरीत संसदमा समय लिएर बोलेका हुन् । यसअघि पनि एमालेले अवरोध जारी राख्दा रावल एमसीसीमाथिको छलफलमा सहभागि भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर