संसदमा सभामुखको रुलिङ- संसदलाई प्रभावकारी बनाउन सबैले भूमिका खेलौं – Nepal Press

संसदमा सभामुखको रुलिङ- संसदलाई प्रभावकारी बनाउन सबैले भूमिका खेलौं

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिहरुको थलोका रुपमा रहेको संसदलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा रुलिङ गर्दै सभामुख सापकोटाले संसदमा जारी अवरोधका कारण विचाराधीन ४२ वटा विधेयकहरु पारित गर्ने, नागरिककमा दैनिक समस्याबारे छलफल गर्ने, कानून निर्माण गर्ने लगायतका काम प्रभावित भएको बताएका हुन् ।

सभामुख सापकोटाले गरेको रुलिङको अंश-

माननीय सदस्यहरु, सभामा विचाराधिन रहेका ४२ विधेयकहरुलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेको छ ।

विचाराधिन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्यसंचालनमा सहयोग गर्नु हामी सवैको दायीत्व हो । संसद अवरोधका कारण बिधि निर्माण प्रकृया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरुले मलाई पटक पटक ध्यानाकर्षण गराउनु भएको छ । संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ । तसर्थ अबरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई बिशेष अनुरोध गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर