प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश – Nepal Press

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।

महाअभियोगका प्रस्ताव एवं नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बैठकमा महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।

शक्ति पृथकीकरणको सिद्धान्त विपरीत गएकाले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग ल्याउनुपरेको भन्दै गुरुङले महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारणबारे बैठकमा जानकारी गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीकैबीच बैठकमा महाअभियोग प्रस्ताव पेश गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर