एमाले रौतहट-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा साह, सचिवमा कार्की – Nepal Press

एमाले रौतहट-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा साह, सचिवमा कार्की

काठमाडौं । नेकपा एमाले रौतहट काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा उपेन्द्र साह चयन भएका छन् ।

३३ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरुमा नविन कुमार तुमसिंङ ,सारदा कुमारी साह चयन भएका छन् भने सचिव खेम बहादुर कार्की चयन भएका छन् ।

सह सचिवमा दिवस सापकोटा,रञ्जु कुमारी साह र कोषाध्यक्ष चिनीलाल दास रहेका छन ।

सर्वसम्मत चयन नयाँ कार्यसमितिलाई सम्पर्क मञ्चका मधेश प्रदेश अध्यक्ष जाकीर हुसेनले एक कार्यक्रमबीच सपथ ग्रहण गराएका छन् ।

कार्यसमितिको लागि परेको विभिन्न उम्मेदवारबीच छलफलपछि सर्वसम्मति कायम भएको सचिव कार्कीले बताए ।

मञ्चको अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा सम्पर्क समन्वय कमिटी ईन्जार्ज लालबाबु पण्डित, पूर्व मन्त्री प्रभु साह लगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर