अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति नपाएका आचार्य पोखराको मेयर बन्ने दौडमा – Nepal Press

अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति नपाएका आचार्य पोखराको मेयर बन्ने दौडमा

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएर पनि नियुक्त हुन नपाएका पूर्व सचिव बाबुराम आचार्य पोखरा महानगरपालिकाको मेयर बन्नका लागि अग्रसर भएका छन् ।

२०६७ सालदेखि कांग्रेसको राजनीतिमा क्रियाशील भएका आचार्य यसपटक पोखराको मेयर बनेर प्रशासनिक अनुभवलाई विकासमा लगाउन अग्रसर भएका हुन् ।

आचार्यलाई २०६७ सालमा तत्कालीन एमाले र कांग्रेसको संयुक्त सरकारको बेला कांग्रेस कोटाबाट अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गरिएको थियो । त्यसबेला माधव नेपाल प्रधानमन्त्री थिए भने विपक्षी दलको नेता माओवादी अध्यक्ष प्रचण्ड थिए ।

प्रचण्डले माधव नेपाल कठपुतली सरकारको प्रधानमन्त्री भएको भन्दै बहिस्कार गरेका बेला बसेको संवैधानिक परिषदको बैठकले गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसपछि सो निर्णय निष्क्रिय भएको थियो र २०७० मा लोकमान सिंह कार्की प्रमुख आयुक्त नियुक्त भएका थिए ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका आचार्यले पार्टीभित्र उम्मेदवारीका लागि क्रियाशीलता बढाएका छन् ।

सुशील कोइराला प्रधानमन्त्री रहेका बेला प्रशासनिक सल्लाहकार बनी कस्कीको विकासमा योगदान गरेकाले उनलाई अघि सार्दा जिह सहज हुने भन्दै कांग्रेसका केही नेताले लबिङ थालेका छन् । आचार्य महामन्त्री शशांक कोइराला निकट मानिन्छन् ।


प्रतिक्रिया

One thought on “अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति नपाएका आचार्य पोखराको मेयर बन्ने दौडमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर