दलहरूले चुनाव चिन्ह नपाए स्थानीय चुनाव हुँदैन ः राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक दलहरूले चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव हुन नसक्ने बताएकाे छ ।
आज नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सो उद्घाेष गरेका हुन् ।
लिङदेनलाई उद्वृत गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भने, ‘राष्ट्रिय पार्टी नभएको बहानामा हामीलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षडयन्त्र भएको छ । यदि निर्वाचन आयोगले हामीलाई हलो चुनाव चिन्ह नदिएको खण्डमा हामी स्थानीय चुनावमा भाग लिँदैनौं ।’
राप्रपाले अघिल्लो संसदीय चुनावमा थ्रेस होल्ड पुरा गर्न नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाउन सकेको थिएन ।
आयोगले राष्ट्रिय पार्टी नरहेका दलहरुलाई सिंगो चुनाव चिन्ह नदिने नीति लिएपछि साना दलहरु आन्दोलित छन् ।