ओलीको आरोप- अहिलेको सरकार र मन्त्रीहरु ‘ब्ल्याकमेलर’को काम गरिरहेका छन् – Nepal Press

ओलीको आरोप- अहिलेको सरकार र मन्त्रीहरु ‘ब्ल्याकमेलर’को काम गरिरहेका छन्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार र मन्त्रीहरु ‘ब्ल्याकमेलर’का रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार उद्योगी व्यवसायीहरुसँग उनले भने –‘अहिलेको सरकार, सरकारमा मन्त्रीहरु ‘ब्ल्याकमेलर’को रुपमा कसैसँग पैसा माग्यो, दिएन भने तिमीलाई यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भनेर थर्काएर, ताला लगाएर, छापा मारेर, उद्योगी व्यवसायीलाई तर्साएर जे भन्यो त्यो गराउन सकिन्छ भनेर लागेको देखिन्छ ।’

सांकेतिक रुपमा उनले माओवादीप्रति लक्षित गर्दै अहिले राज्यमा बसेर त्यस्तो काम गरिरहेको समेत आरोप लगाए । ओलीले भने, ‘हिजो राज्यभन्दा बाहिर बसेर गरिन्थ्यो, आज त्यही कुरा राज्यमा बसेर गरिन्छ । यो अर्थतन्त्रका लागि धेरै गम्भीर, नकरात्मक र खतरानाक कुरा हो ।’

अर्थतन्त्रका सबै सूचक नकरात्मक भए पनि अर्थमन्त्र सकारात्मक भएको भनाउन सरकार लागि परेको ओलीको दावी छ। ‘उहाँहरु देशको अर्थतन्त्र चुस्त, दुरुस्त छ भनाउन तल्लिन हुनुहुन्छ । जुन खालको धन्दा उहाँहरु गर्न खोज्दै हुनुहुन्छ, यो उपयुक्त देखिदैन,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर