सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा संस्थापन पक्षका जंगबहादुर निर्वाचित – Nepal Press

सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा संस्थापन पक्षका जंगबहादुर निर्वाचित

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षका जंगबहादुर लामा विजयी भएका छन् ।

दोस्रो चरणको निर्वाचनमा संस्थापन इतर पक्षका वंशलाल तामाङलाई पराजित गर्दै लामा सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणमा तेस्रो भएका उम्मेदवार प्रेमध्वज लामाको समर्थन पाएपनि वंशलालको जितका लागि पर्याप्त हुन सकेन ।

अन्तिम परिणाममा लामाले ९ सय १२ मत ल्याए भने तामाङले ८ सय ४८ मत ल्याए । सभापतिमा निर्वाचित लामा केन्द्रीय सदस्य मोहन बस्नेतनिकट हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर