जुगल गाउँपालिकाको अध्यक्षमा इन्जिनियर घिमिरेकाे उम्मेदवारी घोषणा – Nepal Press

जुगल गाउँपालिकाको अध्यक्षमा इन्जिनियर घिमिरेकाे उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानीय युवा एवं सिभिल इन्जिनियर ध्रुब राज घिमिरेले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाबाट आसन्न बैशाख ३० गतेको स्थानीय निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘आधारभुत काम गरौ, पार्टीभन्दा माथि जुगलवासी’ भन्ने मुल नाराका साथ आइतबार एक विज्ञप्ती जारी गर्दै घिमिरेले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

स्थानीय युवामाझ लोकप्रिय छवि बनाएका घिमिरे जुगल गाउँपालिकाकै पहिलो सिभिल इन्जिनियर पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर