बलायरको घोषणा- सुदूरपश्चिममा गठबन्धन छैन र हुँदैन, कांग्रेसका हातले रुखबाहेक अन्त भोट हाल्दैनन् – Nepal Press

बलायरको घोषणा- सुदूरपश्चिममा गठबन्धन छैन र हुँदैन, कांग्रेसका हातले रुखबाहेक अन्त भोट हाल्दैनन्

डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशमा कम्युनिष्टहरुसँग चुनावी गठबन्धन नहुने प्रष्ट पारेका छन् ।

डोटीको जोरायलमा सोमवार आयोजित ‘घर घर जाऔं,कांग्रेस जिताऔं’ अभियानको सुरूआत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवानिकट प्रभावशाली नेता बलायरले सुदूरपश्चिममा अहिले पनि प्रचण्ड-माधव समूहसँग गठबन्धन नभएकाले चुनावमा पनि नहुने बताए ।

बलायरले भने, ‘माओवादी र एकीकृत समाजवादीले एकातर्फ चुनावमा गठबन्धन गर्नुपर्छ भन्छन् अर्कोतिर कांग्रेसलाई पेल्न छाड्दैनन् । एकातिर गठबन्धन भन्ने, अर्कोतिर हामीलाई पेल्ने ? यो कस्तो गठबन्धन हो ? त्यसैले यहाँ गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रुख चिन्हबाहेक अन्त भोट हाल्दैनन् ।’

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराइएको छैन । शीर्ष तहमा छलफल भएपनि नेकपा एसले कांग्रेसबिना सरकार चलाउन बहुमत रहेको भनिरहेको छ । प्रचण्डले भने नेकपा एसलाई त्याग गर्न भनेको बताएका छन् ।

कार्यक्रममा सभापति बलायरले सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक्लै वहुमत ल्याउने दाबी गर्दै अघिल्लो निर्वाचनमा धेरै मत बदर भएकाले कांग्रेस कतिपय ठाउँमा हारेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर