यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत ६ देखि – Nepal Press

यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत ६ देखि

काठमाडौं। यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चौत ६ गतेदेखि हुने भएको छ ।

सोमबार नेपाल क्रिकेट संघ(क्यान)ले दिएको जानकारी अनुसार उक्त प्रतियोगिता फाप्ला क्रिकेट मैदान धनगढीमा आयोजना हुनेछ ।

चैत्र ११ गतेसम्म हुने प्रतियोगितामा समूह ‘ए’ र समूह ‘बी’ गरि सात टोलीको सहभागिता रहने छ ।

समूह‘ ए’मा सुदुरपश्चिम प्रदेश, कर्णली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन् । यस्त्र, समूह ‘बी’ मा प्रदेश–१, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम र कर्णली भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *