जसपा सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा – Nepal Press

जसपा सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

काठमाडौं । जनता समाजवादी पार्टीले पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा पार्टीका कार्यकारिणी समिति सदस्य प्रदीप यादवमाथिको कारबाही फिर्ता लिएको छ ।

जसपा केन्द्रीय समितिको काठमाडौंमा जारी बैठकले यादवमाथिको कारबाही फिर्ता लिएको हो । उनलाई कार्यकारिणी समिति सदस्यबाट हटाएर पार्टीले निलम्बन गरेको थियो ।

मन्त्री बन्न नपाएपछि अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको भन्दै यादवमाथि अनुशासनको कारबाही गरिएको थियो । जसपा नेता तथा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेलगत्तै यादवमाथिको कारबाही फिर्ता लिइनुलाई संयोगमात्र मानिएको छैन ।

वीरगन्जको मेयरमा सरावगीलाई टिकट दिलाउने र जिताउने मुख्य भूमिकामा प्रदीप यादव थिए । उनी मधेस आन्दोलनको अगुवा हुन् । पर्सामा जसपाका नेताहरू धमाधम एमाले प्रवेश गर्न थालेपछि यादवलाई कारबाहीमुक्त गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर