संसदीय समितिद्वारा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान – Nepal Press

संसदीय समितिद्वारा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठबिरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाईको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाईको काम प्रारम्भ हुने बताए । उनले यो सूचना सर्वसाधारण लगायत सबै सरोकारवालाहरुलाई जारी गरिने बताए ।

सभापति कर्णले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरुमा जाने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर