९० लाखको चिठ्ठा र २ लाख पाउण्डको लोभमा २९ लाख रुपैयाँ स्वाहा ! – Nepal Press

९० लाखको चिठ्ठा र २ लाख पाउण्डको लोभमा २९ लाख रुपैयाँ स्वाहा !

काठमाडौं । ९० लाख रुपैयाँको चिठ्ठा परेको भन्दै एक वृद्धाको २९ लाख ४० हजार रुपैयाँ गिरोहले ठगेको पाइएको छ ।

अपराध महाशाखाका अनुसार जोन लरेन्स नाम गरेका एक व्यक्तिले ती वृद्धलाई ९० लाख रुपैयाँको चिठ्ठा परेको र २ लाख पाउण्डसहितको सुटकेश पठाई दिएको भन्दै झुक्याए र ठगेका हुन् ।

त्यसको केही दिनपछि भारतबाट एक व्यक्तिले ती वृद्धालाई फोन गरि उनको नाममा पार्सल आएको तर भन्सार बुझाउनुपर्ने भन्दै पटकपटक पैसा मागेका थिए ।

विश्वासमा परेर ती वृद्धाले विभिन्न अकाउन्टमा पैसा पठाएको पाइएको छ । उनले पैसा पठाएकामध्ये एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुर गाउँपालिका(४ स्थायी घर भई भक्तपुरको ठिमी बस्दै आएका गान्दिप गौतम रहेका छन् ।

३८ वर्षीय गान्दीपले आफूले पाउनु पर्ने पैसा पाएको र पीडित भनिएकी महिलासँग कुनै चिनजान नभएको प्रारम्भिक बयान दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर