अनलाइनबाट डलरको कारोबार देखिएपछि क्रिप्टोको आशंका, २ जनाविरुद्ध १० करोड बिगो माग – Nepal Press

अनलाइनबाट डलरको कारोबार देखिएपछि क्रिप्टोको आशंका, २ जनाविरुद्ध १० करोड बिगो माग

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका—७ का दुई युवाविरुद्ध अनलाइनबाट डलरको कारोबारको आरोपमा मुद्दा दायर भएको छ ।

मंगलबार राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा २८ वर्षका पुस्कर श्रेष्ठ र २३ वर्षीय विनिता लिम्बु विरुद्ध मुद्दा दायर गरेको हो । ९ करोड ७४ लाख ६९ हजार ९ सय ८३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ।

उनीहरुले वन एक्स बेट, बाइनान्स, एडिभी क्यास, कोइनबेस र प्याक्सफुलजस्ता एप्लिकेसनबाट डलरको कारोबार गरेको दावी गरिएको छ ।

विभागका अनुसार पुस्करले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४ सय २९ रुपैयाँ, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ४४ हजार, एनआईसी एसिया बैंकबाट एक करोड ८२ लाख ४९ हजार ८ सय ८९ रुपैयाँ र राष्ट्रिय बाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार ५ सय ३९ रुपैयाँसहित ७ करोड ५७ लाख ७१ हजार ९ सय ५८ रुपैयाँ बराबरको अमेरिकी डलर कारोबार गरेको पाइएको छ ।

यस्तै बिनिताको एनआईसी एसिया बैंकको खाताबाट २ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको अमेरिकी डलर कारोबार भएको दावी विभागको छ ।

पक्राउ परेकाविरुद्ध ३ वर्षसम्म कैद, विगो जफतसहितका सजाय माग गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर