महरको आरोप- कम्बल ओढेर घ्यू खाने कम्युनिस्टबाहेक जनताले एमसीसीबारे बुझिसके – Nepal Press

महरको आरोप- कम्बल ओढेर घ्यू खाने कम्युनिस्टबाहेक जनताले एमसीसीबारे बुझिसके

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कम्युनिस्टहरुका कारण एमसीसीबारे जनतामा भ्रम फैलिएको भएपनि कांग्रेसले त्यसलाई चिर्न सफ भएको दावी गरेका छन् ।

नेता महरले कम्युनिस्टहरूले एमसीसीबारे भ्रम छर्न खोजेको भए पनि जनताले बुझिसकेको बताए । उनले भने, ‘कम्मल ओडेर घ्यू खाने बामपन्थी प्रवृतिका व्यक्ति बाहेक आम जनताले एमसीसीका बारेमा बुझिसकेका छन् । हिजो विरोध गर्ने बामपन्थीहरू आज एमसीसीबारे जस लिने होडमा छन् ।’

नेपाल दलित संघ वागमती प्रदेशको उद्घाटन समारोहमा बोल्दै नेता महरले नेपालका कम्युनिस्टहरूले कुनै पनि मुद्दाको उठान गर्ने र त्यसको बैठान गर्न नसक्ने आरोप बताए ।

महरले भने– कम्युनिस्टहरूले कुनै पनि कुराको कार्यान्वयन गर्दैनन् । कांग्रेसले कार्यान्वयन गर्छ । विपी कोईरालाले पहिलो पटक समावेशी अवधारण ल्याउनुभयो, शेरबहादुर देउवाले वैधानिक रुप दिनुभयो । कम्युनिस्टहरू काम नगरेर जस लिने होडमा लाग्छन् । कांग्रेस काम गर्छ, जस दिने नदिने जनताले हो ।

उनले १३ प्रतिशत दलित र समग्र समावेशीतालाई कांग्रेसले सधैं अंगिकार गर्दै आएको बताए । १३ प्रतिशत दलित तोकिए पनि योभन्दा बढी दलित राज्यको मूल प्रवाहमा आउनुपर्ने महरको धारणा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर