मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस
नेपाल प्रेस
२०७८ चैत १ गते १७:५३
काठमाडाैं । सरकारले चालू संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
राष्ट्रपति भण्डारीले सूचना जारी गरे आज मध्यराति १२ बजेबाट अन्त्य हुनेछ ।
अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।
अधिवेशनमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहेपनि अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोग प्रस्ताव संसदमा दर्ता भएपनि छलफल नहुँदै अन्त्यको भएको हो ।
प्रतिक्रिया
One thought on “मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस”
Leave a Reply
सम्बन्धित खवर
महाअभियाेग टार्न अन्त्य गरिएकाे हाे । अनैतिक विदेशिका दलालहरू ईमान जमान गुमाएका लुटेरा, अनैतिक र हत्याराहरूकाे झुण्ड हाे याे ।