सिद्धार्थ बहुमुखीका विद्यार्थीलाई अभिमुखीकरण – Nepal Press

सिद्धार्थ बहुमुखीका विद्यार्थीलाई अभिमुखीकरण

काठमाडौं । सिद्धार्थ बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई शैक्षिक, प्रशासनिक र व्यवस्थापनमा सफलता प्राप्त गर्न अपनाउनुपर्ने विषयका सम्बन्धमा अभिमुखिकरण गराइएको छ ।

कार्यक्रममा नव जीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले निरन्तर प्रयास गर्नेहरु समाजको जुनसुकै क्षेत्रमा गएपनि सफल हुने बताए ।

उनले समाजबाट के पाएँभन्दा पनि समाजलाई के दिन सकेँ भन्ने भावनाका साथ काम गनुपर्ने बताए ।

उनले भने, ‘हरेक नागरिकले समाजबाट के पाँए भन्दा पनि के दिँए भन्ने भावनाका साथ काम गर्ने हो भने सुख खोज्न कतैपनि जानुपर्दैन ।’

औपचारिक रुपमा कक्षा आठसम्मको पढाइमात्रै गरेका उनले कठिन अवस्थामा रहेका वृद्धवृद्धालाई उपचार गरि सम्बन्धित परिवारमा पुनर्मिलन, सडक दुर्घटनामा पसर घाइते भएका कुकुर, बिराला, गाई, बाच्छा, पेरवाहरुको उपचार तथा उद्धार गर्दै आएका छन् ।

कार्यक्रममा कलेजका अध्यक्ष गोविन्द घिमीरेले विद्यार्थीलाई पढाइसँगै समाजका लागि आवश्यक पर्ने ज्ञान र सीप बाड्न सक्ने सीप प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । कलेजबाट उत्पादित विद्यार्थीमध्ये न्युनतम दश प्रतिशतलाई संस्थाले रोजगारीमा पदस्थापना गराउने उनले प्रतिवद्धता जनाएका छन् ।

कलेजका प्राचार्य शिवराम रिजालले फरक क्षमता र रुचि भएका विद्यार्थीको स्वभार अनुसार पढाउने बताए ।

लोकसेवा आयोग तथा अन्य सरकारी क्षेत्रमा रोजगारीमा जान चाहने विद्यार्थीका लागि क्याम्पसमै अतिरिक्त कक्षाहरु सञ्चालन गर्नेपनि उनले बताए ।

कार्यक्रममा मनोविज्ञ पदमराज जोशीले विद्यार्थीलाई परामर्श दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर