एमाले बैठक- स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित – Nepal Press

एमाले बैठक- स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ ।

केन्द्रीय सचिवालयको मंगलबार साँझ बसेको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ ।

विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने गुरुङले बताए ।

त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टिकट केन्द्रबाट दिइने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्नेछन् ।

सचिवालयको बैठकमा स्थानीय चुनावकै बारेमा केन्द्रित रहेर छलफल भएको र अब केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देशन गर्ने उनले बताए ।

चुनावी रणनीति बनाउन एमाले चैत ७ गते पोलिटव्यूरो र चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक बस्ने गुरुङले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “एमाले बैठक- स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर