सिंह, पन्त र धानुक एआईजीका लागि बढुवा सिफारिस – Nepal Press

सिंह, पन्त र धानुक एआईजीका लागि बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) धिरजप्रताप सिंह, रविन्द्र धानुक र बसन्त पन्त अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् ।

गृह सचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको समितिले मंगलबार सिंह, धानुक र पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

पन्त वर्तमान आईजीपी थापाका ब्याची हुन् भने बाँकी दुई जना वर्तमान एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापाका ब्याची हुन् ।

सरकारले एआईजीका तीन दरबन्दी थपेको थियो । दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा एआईजीको संख्या ८ पुग्ने छ । आगामी बैशाख १८ पछि एआईजीको चारवटा दरबन्दी रिक्त हुने छ ।

सिफारिस भएकाविरुद्ध एक साताभित्र कसैले उजुरी नगरे उनीहरु बढुवा हुनेछन् ।

एक नम्बरमा पन्त, दुई नम्बरमा सिंह र तीन नम्बरमा धानुक एआईजीका लागि बढुवा सिफारिस भएका हुन् ।


प्रतिक्रिया

One thought on “सिंह, पन्त र धानुक एआईजीका लागि बढुवा सिफारिस

  1. याेग्ता क्षमता हाेईन गठबन्धनका लुटेराहरूबीच पैसामा पद बाँडफाँड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर