एमालेको निर्वाचन विभागले पायो पूर्णता, अरु के-के निर्णय भए ? – Nepal Press

एमालेको निर्वाचन विभागले पायो पूर्णता, अरु के-के निर्णय भए ?

काठमाडौं । नेकपा एमालेले निर्वाचन विभागलाई पूर्णता दिएको छ । केन्द्रीय सचिवालयको मंगलबार साँझको बैठकले विष्णु रिमाल प्रमुख र निरज आचार्य उपप्रमुख रहेको विभागलाई पूर्णता दिएको हो ।

विभागमा चुडामणी आचार्य, गणेश प्रसाई, अनन्त पौडेल, खुमकान्त पौडेल, दिपेन्द्रवहादुर थापा र रणवहादुर चन्द रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

बैठकले पार्टी स्कूल सञ्चालन तथा पाठ्यक्रम निर्देशिका समेत पारित गरेको छ । सोही बैठकले पार्टी स्थापना दिवस वैशाख ९ गते देशका सबै तहमा र केन्द्रीय कार्यालयमा भव्यतासाथ मनाउने निर्णय गरेको उनले बताए ।

सोही दिन केन्द्रमा स्थानीय तह निर्वाचन घोषणापत्र जारी गर्ने, ७५३ स्थानीय तहमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने र वरिष्ठ कम्युनिस्टहरुलाई आ आफ्नो तहका कार्यक्रममा सम्मानित गर्ने कार्यक्रम तय भएको छ ।

बैठकले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुको व्यवस्थापनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी संगठन विभागलाई दिएको छ ।

प्रदेशहरुमा कार्यकर्ता व्यवस्थापनका लागि तोकिएबाहेकका थप विभाग गठनको अनुमति दिनेबारेमा पनि छलफल भएको गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर