होटलमा काम गर्ने १६ वर्षीया किशोरी बलात्कार आरोपमा होटल सञ्चालक पक्राउ – Nepal Press

होटलमा काम गर्ने १६ वर्षीया किशोरी बलात्कार आरोपमा होटल सञ्चालक पक्राउ

काठमाडौं । होटलमा कार्यरत १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–२ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ पुरानो ठिमीमा खाजा पसल सञ्चालन गर्दैआएका २८ वर्षीय प्रदीप मल्ल ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

ठकुरीलाई आजै अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर