बालिका बलात्कार तथा हत्याविरुद्धको प्रदर्शनको भिडिओ खोज्ने पत्रकार र युट्यूवरसहित ११ जना पक्राउ – Nepal Press

बालिका बलात्कार तथा हत्याविरुद्धको प्रदर्शनको भिडिओ खोज्ने पत्रकार र युट्यूवरसहित ११ जना पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैंचा ७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा सर्वसाधारणले गरिरहेको प्रदर्शनको भिडिओ खिच्ने एक पत्रकार, दुईजना युट्यूवरसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणले प्रदर्शन राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका बेला भिडिओ खिच्दा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पत्रकार सम्झना राई र अन्य दुईजना युट्यूवर र केही गाउँले छन् । राई पूर्वीकमाण्ड अनलाइनकी पत्रकार हुन् ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी मन्जिल मुकारुङले ११ जना पक्राउ परेको भन्दै उनीहरु सबैको पहिचान भइनसकेको बताएका छन् । प्रहरीले उनीहरुलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर