चुनावको तयारीमा जुट्यो एमाले- घोषणापत्रको अवधारणा बनाउन विज्ञसहित नेताहरू छलफलमा – Nepal Press

चुनावको तयारीमा जुट्यो एमाले- घोषणापत्रको अवधारणा बनाउन विज्ञसहित नेताहरू छलफलमा

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय चुनावकेन्द्रित अभियानलाई तीव्रता दिएको छ । केन्द्रीय सचिवालय बैठकले स्थानीय चुनाव केन्द्रित विभिन्न निर्णय गरेलगत्तै एमालेले स्थानीय चुनावको घोषणापत्र तयारीका लागि कार्यशाला आयोजना गरेको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानले स्थानीय तहका छाता संगठनका नेताहरूसहित बुधबार घोषणापत्रको प्रारम्भिक मस्यौदाको अवधारणा बनाउन लागेको हो ।

बुद्धिजिवी परिषद्को प्रस्तावमा आयोजित कार्यशालमा घोषणापत्रमा समेटिने विषयहरूमाथि नै छलफल भइरहेको नगरपालिका संघका अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुले बताए ।

स्थानीय तहको चुनावका लागि केन्द्रीय कार्यालयको तर्फबाट केन्द्रीय घोषणापत्र तयार पार्ने र ७५३ स्थानीय तहको लागि एउटै फर्म्याटमा यसबीचमा गरिएका कामको विवरण र गर्ने कामको प्रस्तावसहितको प्रतिबद्धतापत्र एकैसाथ जारी गरिने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गेर पार्टी स्कूल विभागको संयोजन र स्थानीय विकास विभाग र निर्वाचन विभागको संलग्नतामा एकसरो अभिमुखिकरण सम्पन्न गरिसकेको छ ।

एमालले जितेका पालिकामा भएको कामको विवरण संकलन गर्ने र त्यसको प्रशोधन गर्ने काम भइरहेको गुरुङले बताए । त्यसका आधारमा घोषणापत्र बन्ने छ ।

कार्यशालमा पार्टीका वरिष्ठ नेताहरू, योजना आयोगका पूर्वपदाधिकारीका साथै विज्ञहरू सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर