छिटो राहदानी बनाइदिने भन्दै ठगी गर्ने १२ जना किर्ते कागजातसहित पक्राउ – Nepal Press

छिटो राहदानी बनाइदिने भन्दै ठगी गर्ने १२ जना किर्ते कागजातसहित पक्राउ

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग क्षेत्र वरपर छिटो पासपोर्ट बनाइ दिने भन्दै ठगी गर्ने समूह सक्रिय रहेको पाइएको छ ।

महानगरीय प्रहरी वृत्तको टोलीले छिटो राहदानी बन्ने भन्दै सेवाग्राहीलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको हो । उनीहरूले विभिन्न सरकारी कार्यालयको छाप समेत कीर्ते गरेको वृत्त प्रमुख अनिल घिमिरेले जानकारी दिए ।

पक्राउ परेकाबाट विभिन्न सरकारी तथा निजी क्षेत्रका १० वटा छाप, कन्सुलर विभागको छापसहित कीर्ते गरिएका विभिन्न सरकारी कार्यालयका कागजपत्रहरू बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर