यू–१८ महिला साफः बंगलादेशको समाना गर्दै नेपाल – Nepal Press

यू–१८ महिला साफः बंगलादेशको समाना गर्दै नेपाल

काठमाडौं । यू–१८ महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्दैछ । पहिलो खेलमा आयोजक भारतसंग ७‍‍.० अन्तरले पराजित नेपालले जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्न लागेको हो ।

भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा हुने खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा भारतसँग ७–० को फराकिलो हार बेहोरेको नेपाल बंगलादेशलाई हराउँदै जित निकाल्ने रणनीतिमा रहनेछ । बंगलादेश तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको छ । यद्यपि प्रीती राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजिमा छ । तर, भारतसँगको प्रदर्शनको तुलाना गर्नेहो भने नेपाललाई जित निकाल्न भने सहज छैन ।

सन् २०१८ देखि सुरु भएको यो प्रतियोगिताको तेस्रो संस्करण हो। नेपाल पहिलो संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । यस्तै, दोस्रो संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । नेपालले तेस्रो खेलमा चैत्र पाँच गते भारत र ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल, भारत र बंगलादेश गरी तीन देशको सहभागिता रहेको खेल डबल राउन्ड रोबिन पद्दतीमा आयोजना हुनेछ । समूह चरणको खेल सकिँदा शिर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *