रातो झण्डाभित्र पनि हरिया सर्प बसेपछि मेराे पराजय भयाेः एमाले दैलेख अध्यक्षमा पराजित उम्मेदवार शाही – Nepal Press

रातो झण्डाभित्र पनि हरिया सर्प बसेपछि मेराे पराजय भयाेः एमाले दैलेख अध्यक्षमा पराजित उम्मेदवार शाही

सुर्खेत । नेकपा (एमाले) दैलेखको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका सुर्यबहादुर शाहीले सााजिक सञ्जालमार्फत आफू पराजित हुनुको कारण उल्लेख गरेका छन् । एक सय एकाउन्न मतान्तरले पराजित भएका उनले रातो झण्डाभित्र हरीया सर्प बसेका कारण आफूले पराजय भोग्नु परेको बताएका छन् ।

हरिया घाँसमा हरियो सर्प बस्ने गरेको थाहा पाएको भएपनि रातो झण्डा भित्र हरिया सर्प बसेकै कारण आफू पराजित भएको आरोप लगाउँदै उनले सााजिक सञ्जालमा लेखेका छन्– यो आगोको राप र ताप बाट बचेर मलाइ मतदिन आट गर्ने सम्पुर्ण साथीहरुलाइ हार्दिक धन्यवाद छ । हजुरहरुप्रती आभारि छु । हजुरहरुको बिचमा बाँकि जिवन बचाउनेछु । निर्वाचित सम्पुर्ण कामरेड हरुलाइ हार्दिक बधाइछ कार्यकाल सफल रहोस मेरो साथ रहनेछ ।’ शाहीले भनेका छन्, ‘ हरियो घाँसभित्र मात्र हरिया सर्प हुन्छ्न भन्थेँ तर रातो झण्डा भित्रपनी हरिया सर्प बस्दारैछन हरिया सर्पका नाइकेहरुलाइ हार्दिक बधाइ छ । सर्पहरुले आफुले गर्ने काम गर्दै जानु मेरो साथ रहनेछ ।’

उनले सर्वसम्मतको लागि प्रयास भएको समयमा आफूलाई आश्वासन दिइएको बताउँदै उक्त आश्वासन आफूलाई नचाहिने उल्लेख गर्दै आफ्नो लागि दिने भनेको आश्वासन अरुलाई दिन वा आफैसँग राख्न वा अन्य पार्टीका नेतालाई दिन भनेका छन् ।

उनी रविन्द्रराज शर्मा सँग १५१  मतान्तरले पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *