आलोकनगरमा नेकपा एसको होली (तस्बिरहरू) – Nepal Press

आलोकनगरमा नेकपा एसको होली (तस्बिरहरू)

काठमाडौं । होलीको दिन पारेर नेकपा एकीकृत समाजवादीले विशेष कार्यक्रम गरेको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका नेता-कार्यकर्ताले होली मनाएका छन् ।

होली पर्वको अवसरमा आयोजित कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष माधवकुमार नेपालले रङ लगाइदिए । उपाध्यक्ष जयन्ती राई, महासचिव गंगालाल तुलाधर, प्रवक्ता जगन्नाथ खतिवडालगायत उपस्थित थिए ।

युवा कार्यकर्ता एवं युट्यूब भाइरलम्यान पुण्य गौतम पनि होलीमा रमेका थिए । गौतम नेकपा एसको सल्लाहकार परिषद्‍मा छन् ।

हेर्नुस् केही तस्बिरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर