अमेरिकाले युक्रेनलाई ‘किलर ड्रोन’ पठाउने
काठमाडौं । अमेरिकाले युक्रेनलाई १०० वटा ‘किलर ड्रोन’ पठाउने भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम एपीले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सो जानकारी दिएको हो ।
अधिकारीका अनुसार, अमेरिकी सरकारले सैन्य सहायतासहित घातक अस्त्रहरु कीएभलाई उपलब्ध गराउन लागिएको हाे। यो अस्त्र स्विचब्लेड ३०० हो। यसलाई झोलामा बोक्न सकिन्छ र अमेरिकी सैनिकहरू यसलाई ‘कामिकाजे ड्रोन’ भनेर पनि चिन्छन् ।
दुई कंग्रेस अधिकारीहरूले दिएको जानकारी अनुसार, यो क्षेप्यास्त्र प्रणाली शत्रुपक्षका सैनिकहरूलाई लक्ष्य गरेर प्रहार गर्न विकसित गरिएको हो र कोसौँ परबाट लक्ष्यमा बिनाचुक प्रहार गर्न यसको प्रयोग गर्न सकिन्छ।
यी अस्त्रहरू केही नेटो राष्ट्रहरूसँग पनि भएकाले युक्रेनी सेनामा यसको प्रयोग सजिलै हुन सक्ने एएफपीले जनाएको छ ।