माओवादी कर्णाली संसदीय दलको निर्णय : विष्टलाई तीन दिनभित्र राजीनामा फिर्ता लिन अल्टिमेटम – Nepal Press

माओवादी कर्णाली संसदीय दलको निर्णय : विष्टलाई तीन दिनभित्र राजीनामा फिर्ता लिन अल्टिमेटम

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक ठम्मर विष्टलाई तीनदिनभित्र राजीनमा फिर्ता लिन निर्देशन दिएको छन् ।
दलका नेता एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षता बसेको बैठकले सो निर्देशन दिएको हो ।
 ‘उहाँलाई तत्काल पार्टी काम र सदनमा फर्किन आवश्यक निर्देशन दिने भन्दै तीन दिनको म्याद दिइएको छ ।’ माओवादी स्रोत भन्छ, ‘उहाँले त्यो म्याद भित्र पार्टी काममा फर्किने अपेक्षा पार्टी र दलले लिएको छ ।’
यता, विष्ट भने भोली शुक्रबार सदनमा सनाखतका लागि जाने बताएका छन् ।
उनले भने, ‘मैले सुझबुझ पूर्ण तरिकाले राजीनामा दिएको हो । आज होली भएका कारण म सनाखत गर्न कर्णाली प्रदेश सभमा जान पाएन ।’
बैठकले त्यसका अलावा सदनमा प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको छ भने महत्वपूर्ण विधेयकलाई पारित गर्न लाग्ने निर्णय गरेको हो ।
यस्तै, आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जान माओवादीले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर