अस्ट्रेलिया र जापानले रुसमाथि थप प्रतिबन्ध लगायो
नेपाल प्रेस
२०७८ चैत ४ गते १२:४३
काठमाडौं । अस्ट्रेलिया र जापानले रुसमाथि थप प्रतिबन्धहरू लगाउने घोषणा गरेको छ ।
क्यान्बराले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्बर्ग, ११ वटा बैंक र सरकारीसंस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको बीबीसीले जनाएको छ।
अस्ट्रेलियाका विदेशमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रूसको केन्द्रीय बैंकलाई प्रतिबन्धको सूचीम समावेश गरेर अष्ट्रेलियाले अब रूसको सार्वभौम ऋण जारी गर्ने र व्यवस्थापन गर्न जिम्मेवार सबै रूसी सरकारी निकायहरूलाई लक्षित गरिएको हो ।’
रुसले युक्रेनमा सैन्य हस्तक्षेप सुरु गरेपछि जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको छ।
प्रतिक्रिया