पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति – Nepal Press

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । तनहुँ जिल्ला अदालतले बलात्कार सम्बन्धी मुद्धाको अनुसन्धानमा पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शुक्रबार अदालतले पाँच दिनको समय दिएको तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

यसअघि पहिलोपटक ८ दिन र दोस्रोपटक १२ दिनको समय दिइएको थियो ।

यसपटक दिइएको समयभित्र प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने छ ।

तनहुँ अदालतबाट म्याद लिइरहेकै समयमा पू्र्वी नवलपरासी प्रहरीले पनि शाहविरुद्ध अनुसन्धान सकेर बिहीबार अदालतमा मुद्धा दर्ता गरेको थियो ।

एक नाबालिग गायिकाले बलात्कार गरेको भन्दै शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी प्रहरीमा उजुरी दिएकी थिइन् ।

थुनछेकको बहस कहाँ पहिला हुने भन्ने यकिन छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर