सम्पदा पुनर्निमाणमा राजनीति गर्न खोजियो : मेयर शाक्य – Nepal Press

सम्पदा पुनर्निमाणमा राजनीति गर्न खोजियो : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पूर्वाधार र सम्पदा निर्माणको काममा राजनीति नगर्न आग्रह गरेका छन् ।

आज महानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा बाधा सिर्जना गर्न खोजिएको आरोप लगाए ।

‘काठमाडौं महानगरले गर्ने कुनैपनि काम कार्यपालिका र नगरसभाबाट पारित भएको हुन्छ । कार्यपालिका र नगरसभाको निर्णय सबैले मान्नुपर्छ । नीति, कार्यक्रम र बजेट पास गरिसकेको विषयमा विवाद गर्न मिल्दैन’, शाक्यले भने ।

महानगरले गर्ने निर्माणका काममा केही जनप्रतिनिधिहरुले नै नियोजित रुपमा अवरोध गर्ने गरेको भन्दै शाक्यले महानगरवासीको चाहना पूरा गर्न आफूले इमान्दार प्रयास गरिरहेको बताए ।

धरहरा, रानीपोखरी र कमलपोखरी निर्माणमा जस्तै विवाद बसन्तपुरको विषयमा पनि झिक्न खोजिएको शाक्यको आरोप छ ।

बसन्तपुर डबलीको पुनर्निर्माणबारे उपमेयर र अधिकारकर्मीले असन्तुष्टी जनाउँदै आएका छन् ।


प्रतिक्रिया

One thought on “सम्पदा पुनर्निमाणमा राजनीति गर्न खोजियो : मेयर शाक्य

  1. दलालहरू बाँदर हरू बनाउँदैनन् ।। तपाईं बनाउँदै जानुहाेसु । जनताले हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर