स्थानीय तह निर्वाचन- निर्वाचन आयोगमा उम्मेदवारी मनोनयनको कार्यतालिका पेस
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति वैशाख ११ वा १२ तोक्ने गरि प्रस्ताव लगेको छ ।
आयोगको बैठकमा मनोनयनको मितिबारे छलफल भए पनि निर्णय नभएको सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले बताए ।
उम्मेदवारी मनोनयनपछि प्रचार प्रसारको म्याद दुई साताभन्दा बढी नहुने गरि मिति तोक्नेबारे छलफल भइरहेको छ । अर्यालले वैशाख ११ वा १२ को मिति तय हुने जानकारी दिए ।
आयोगको बैठकमा उम्मेदवारी मनोयनका लागि दुई दिन समय छुट्याउनेबारे छलफल भइरहेको छ ।
आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।
आयोगले वैशाख ११ देखि मनोनयन प्रक्रिया शुरु गरेर १७ गतेसम्म चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका बनाएको छ ।